२०८२ भाद्र १ गते आइतवार
काठमाडौ । चितवनको भरतपुरमा स्कुटरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने अर्को एक घाइते भएको छ।
भरतपुर महानगरपालिका-१२ वसन्तचोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ना.२८ प ७०१२ नम्बरको स्कुटरको ठक्करबाट भरतपुर-११ जागृतीटोलकी २९ वर्षीया प्रिती कुमालको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको भरतपुरको सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका अर्का एक पैदलयात्रीको भरतपुर अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनामा संलग्न स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij