Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गिरोहको सरदार ओलीलाई स्पष्टिकरण दिनु भन्दा सेरियर मर्नु जाति भन्दै को-को उफ्रिए ?

गिरोहको सरदार ओलीलाई स्पष्टिकरण दिनु भन्दा सेरियर मर्नु जाति भन्दै को-को उफ्रिए ?


  • 7.9K
    Shares

    गिरोहको सरदार ओलीलाई स्पष्टिकरण दिनु भन्दा सेरियर मर्नु जाति भन्दै को-को उफ्रिए ?

    पार्टी हितविपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोधिएका नेकपा एमालेका पाँचजना नेताले जवाफ नदिने भएका छन् । उनीहरुले बरु कारबाही भोग्ने स्पष्टिकरण नदिने अडान लिएका हुन् ।


    स्पष्टिकरण सोधिएका मध्ये प्रभावशाली नेता भीम रावलले कारबाही भोग्न तयार भएको बताएका छन् । उनले  भने,‘कारबाही भोग्न तयार छु तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमसामु झुक्दिनँ ।’

    स्पष्टिकरण सोधिएका अर्का नेता घनश्याम भुसालले स्पष्टिकरण सोधिएपछि पनि ओलीलाई गिरोहको सरदार भनेका छन् । ओली योभन्दा पनि अगाडि बढ्ने र कम्युनिस्ट पार्टी मात्र नभई राजनीतिक प्रणाली नै ध्वस्त गर्न लागेको आरोप लगाए ।


    यसअघि नेकपा एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टी हितविपरित कार्य गरेको आरोप छ ।

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १३:१२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij