Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तेस्रो त्रैमाससम्ममा माण्डु हाइड्रोपावरको नाफा १२.३२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

तेस्रो त्रैमाससम्ममा माण्डु हाइड्रोपावरको नाफा १२.३२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 


  • 2.8K
    Shares

    तेस्रो त्रैमाससम्ममा माण्डु हाइड्रोपावरको नाफा १२.३२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ? 

    काठमाडौँ । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीको विद्युत बिक्री आम्दानी घटेपनि कम्पनीको खुद नाफा भने समीक्षा अवधिमा बढेको छ।

    यस अवधीसम्ममा कम्पनीको खुद नाफा १२.३२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा १९ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २२ करोड १५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। 

    यस्तै, विवरणअनुसार चैत मसान्तसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

    चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले विद्युत बिक्रीमार्फत ५८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५९ करोड ८५ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

    समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २।८३ प्रतिशत र सञ्चालन मुनाफा ४.४१ प्रतिशत घटेको छ। त्यस्तै, कम्पनीको वित्तीय खर्च भने २३.८४ प्रतिशत घटेको छ। यता, १ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५९ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। 

    समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी भने २५ पैसा घटेर २१ रुपैयाँ ६६ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.५४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ५३ पैसा रहेको छ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - ०७:१९:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij