Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले बलिङ गर्दै

वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले बलिङ गर्दै


  • 2.6K
    Shares

    वेस्ट इन्डिज ‘ए’ ले टस जित्यो, नेपालले बलिङ गर्दै

    काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको सिरिजको चौथो खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेको छ । वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।    

    आज नेपाली टिममा कप्तान रोहित पौडेलसहित कुशल भुर्तेल र आसिफ सेख टिममा फर्किएका छन् । 

    नेपाली प्लेइङ ११( रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी ।

    त्यस्तै वेस्ट इन्डिज ‘ए’ ले भने तेस्रो खेलमा खेलेकै टिम खेलाएको छ ।

    सिरिजमा अहिलेसम्म वेस्ट इन्डिज ‘ए’ २.१ ले अगाडी रहेको छ । पहिलो खेल ४ विकेटले जितेको नेपाल त्यसपछिका दुवै खेलमा हार बेहोरेको थियो । नेपालले दोस्रो खेल १० रनले हारेको थियो भने तेस्रो खेल ७६ रनले हारेको थियो ।

    नेपालले सिरिजको पाँचौं तथा अन्तिम खेल मे ४ मा हुनेछ ।   

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - ११:०४:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij