Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

खेलकुद

टी–२० विश्वकप खेलका लागि नेपाली टिमको घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)

टी–२० विश्वकप खेलका लागि नेपाली टिमको घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)


  • 3.1K
    Shares

    टी–२० विश्वकप खेलका लागि नेपाली टिमको घोषणा, को–को छनोटमा परे ? (नामावलीसहित)
    images

    काठमाडौं । नेपालले टी–२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ ।

    नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

    टी–२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् । 

    टी–२० विश्वकपमा नेपाल समूह ‘डी’मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्डस रहेका छन् ।

    विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्यान्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

    newskarkahna-news689890..jpg

    प्रकाशित मिति :बैशाख २० २०८१ बिहिवार - १०:४०:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij