२०८२ भाद्र २७ गते शुक्रवार
काठमाडौं । भारतमा जारी लोकसभा निर्वाचनको अवलोकनका लागि भारतीय जनता पार्टी (भाजपा)ले १० देशका १८ वटा राजनीतिक दलहरुलाई निम्तो दिएको छ ।
भाजपाका विदेश विभाग इन्चार्ज डा. बिजय चौथाइवालेले जारी गरेको विज्ञप्तीमा नेपालका पाँच दललाई निम्ता गरिएको उल्लेख गरिएको छ ।
भाजपाको ग्लोबल आउटरिच कार्यक्रम अन्तर्गत ‘नो बिजेपी’ अर्थात भाजपाबारे बुझाउने उद्देश्यले यी दलका नेताहरुलाई दिल्लीमा स्वागत गर्न लागिएको हो ।
नेपालबाट नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टीलाई निम्तो आएको छ । सबै पार्टीहरुलाई आज बिजेपी मुख्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।
त्यहाँ भाजपा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता हुनेछ । यसक्रममा भारतीय विदेश मन्त्री एस जयशंकर र रेलवे मन्त्री अश्विनी बैष्णवसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij