Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’


  • 2.5K
    Shares

    ट्वान्टी–२० शृंखलाको तेस्रो खेल खेल्दै नेपाल र वेस्ट इन्डिज ‘ए’

    काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका लागि नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ ले घरेलु टिमसँग आज तेस्रो खेल खेल्दै छ ।

    यसअघिका दुई खेलमध्ये दुवै टिमले समान एक खेलको नतिजा आफ्नो पक्षमा राखेको हुँदा शृंखला १–१ को बराबरीमा छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेल दिउँसो १२ः१५ देखि सुरु हुनेछ । नेपालले पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो ।

    तर, दोस्रो खेलमा घरेलु टिमविरुद्ध १० रनको जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ले शृंखला १–१ को बराबरीमा ल्याएको थियो ।

    पहिलो पटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिज ‘ए’ रोस्टन चेजको कप्तानीमा छ । ट्वान्टी–२० विश्वकपअघि तयारीका लागि आयोजित शृंखलाको चौथो खेल बिहीबार र पाँचौ खेल शनिबार हुनेछ ।

    प्रकाशित मिति :बैशाख १९ २०८१ बुधवार - ०८:५८:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij