२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि सोमबार बिहान बंगलादेश प्रस्थान गरेकी छन् ।
बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत भण्डारी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन् ।
उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका छन् ।
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि ढाका गएकी हुन् । राष्ट्रपति भण्डारीको सवारीका लागि बिहान शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मको सडक खाली गरिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij