Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टिम घोषणा

टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टिम घोषणा


  • 3.2K
    Shares

    टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको टिम घोषणा

    आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि न्युजिल्यान्डको राष्ट्रिय टिमको घोषणा भएको  छ । 

    न्युजिल्यान्ड क्रिकेट बोर्डले केन विलिम्सनको कप्तानीमा १५ सदस्यीय क्रिकेट टिम घोषणा गरेको हो ।

    टिममा कप्तान विलिम्सनसहित मार्क च्यापम्यान, फिन अलन, ट्रेन्ट बोल्ट, मिचेल ब्रिसवेल, डेवन कन्वे, लोकी फ्रगुसन, मेट मेनरी, डेरियल मिचेल, जिम्मी निसम, गिलेन फिलिप्स, रचिन रवीन्द्र, मिचेल सान्तनर, इस सोधी र टिम साउथी छन् ।

    औँलाको चोटका कारण मैदानबाहिर रहेका कन्वे विश्वकप खेल्ने टिममा फर्किएका छन् । टी-२० विश्वकप क्रिकेट आगामी १ जुनदेखि सुरु हुँदै छ । समूह 'सी' मा रहेको न्युजिल्यान्डले जुन ८ मा पहिलो खेल अफगानिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

    न्युजिल्यान्ड रहेको समूह 'सी' मा अफगानिस्तान, पपुवा न्युगिनी (पीएनजी), वेस्ट इन्डिज र युगान्डा छन् । 

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - १२:४९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij