Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत : हाना सिङ्गर

लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत : हाना सिङ्गर


  • 2.2K
    Shares

    लगानी सम्मेलनले देशमा दिगो लगानी बढाउन मद्दत : हाना सिङ्गर
    images

    काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिङ्गरले नेपालमा दिगो, समावेशी र हरित अर्थतन्त्रको व्यावसायिक विकासलाई समर्थन गर्ने प्रतिबद्धता जर्नाका छन् । 

    आजदेखि काठमाडौँमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा उनले अन्तरमन्त्रालयसँग समन्वय गरी देशमा दिगो लगानीको प्रवाह गर्ने बताए । 

    “संयुक्त राष्ट्रसङ्घ नेपाल र नेपाली जनताका साथमा रहेको छ”, संयोजक हानाले भने, “सन् २०२६ मा नेपालले ‘एलडीसी ग्रेजुएसन’को तयारी गरिरहेको बेला हामीले लगानी बोर्ड नेपाल र सम्बन्धित मन्त्रालयहरुसँग देशमा दिगो लगानी बढाउन मद्दत गर्नेछौँ ।”

    उनले दिगो विकासका लागि सन् २०३० ‘एजेन्डा’मार्फत सदस्य राष्ट्रहरूले प्रतिबद्धता जनाएका र यसले नेपालमा लगानीका अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे । 

    “देशको लगभग आधा भाग वनजङ्गलले ओगटेको, हिमालयन ग्लेशियरहरूले ताजा पानी प्रदान गर्नाका साथै नदीहरूको ‘डाउनस्ट्रिम’बाट अनुमानित ४० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने क्षमता छ”, संयोजक हानाले भने । 

    यस्तो लगानीले कार्बन ‘अफसेट’ गर्न, दिगो ऊर्जामा सङ्क्रमणलाई गति दिन र हरित अर्थतन्त्रतर्फ डोर्याउन योगदान तथा विश्वव्यापी तापक्रमको वृद्धिलाई एक दशमलव पाँच डिग्री सेल्सियसमा सीमित गर्न योगदान पु¥याउनुपर्नेमा उनको जोड छ ।

    प्रकाशित मिति :बैशाख १७ २०८१ सोमवार - ०६:२३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij