Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई पछि पार्दै माओवादी दोस्रोमा

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई पछि पार्दै माओवादी दोस्रोमा


  • 2.8K
    Shares

    बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई पछि पार्दै माओवादी दोस्रोमा
    images

    काठमाडौ । बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दोब्बर मतको अग्रता बनाएका छन् ।

    एमाले उम्मेदवार दमनबहादुर भण्डारीले १५ सय ९२ मत ल्याउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ९९९ मत पाएका हुन् । यहाँ कांग्रेसका अभिषेक बहादुर सिंहले ९५५ मत पाउँदै तेस्रो स्थानमा धकेलिएका छन्।

    छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ को मत गनिसकिएको छ। पछिल्लो पटक वडा नम्बर ६ को मतगणना सकिँदा माओवादी उम्मेदवार बुढालाई अरुभन्दा दोब्बर मत झरेको हो । त्यहीकारण उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

    बझाङमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ताजा अवस्थामा ५७२ मत ल्याएका छन् ।

    बझाङमा सबै दलहरू एक्ला एक्लै चुनावी मैदानमा थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छैन ।

    बझाङ अपडेट :
    दमन भण्डारी (एमाले)-१५९२
    जनक बुढा (माओवादी केन्द्र)-९९९
    अभिषेक सिंह (कांग्रेस)-९५५
    दिलबहादुर सिंह (एकीकृत समाजवादी)-५७२

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १७:०९:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij