२०८२ कार्तिक २३ गते आइतवार
इलाम । इलाम–२ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।
मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निवाृचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो ।
कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक) देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् ।
बझाङ–१ (क) मा दिउँसो १ बजेदेखि मतगणना हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।
मतपेटिका संकलन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको थियो । शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij