Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी


  • 2.3K
    Shares

    राष्ट्रपति पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् । 

    राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ । नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न  आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो ।  

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १०:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij