Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

समाचार

इलाम–२ मा मतगणना सुरू, परिणाम एक–एक घण्टामा अपडेट गरिँदै  

इलाम–२ मा मतगणना सुरू, परिणाम एक–एक घण्टामा अपडेट गरिँदै  


  • 3.5K
    Shares

    इलाम–२ मा मतगणना सुरू, परिणाम एक–एक घण्टामा अपडेट गरिँदै  
    images

    इलाम । इलाम–२ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार पश्चिम इलामको फाकफोकथुम गाउँपालिकाबाट मत गणना सुरु भएको हो ।

    मतगणनाको नतिजा हरेक घण्टामा अपडेट गराइने मुख्य निवाृचन कार्यालयले जानकारी दिएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले बिहान ११ बजेपछि मतगणना गर्ने निर्णय गरेको थियो । 

    कुल १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम–२ मा जम्मा ६९ हजार २ सय ८७ मत खसेको थियो । यस क्षेत्रमा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा रहेका छन् । 

    प्रकाशित मिति :बैशाख १६ २०८१ आइतवार - १०:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij