Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओलीले यी चार भाईलाई मात्रै किन आँखाको तारो बनाए ? यो हो गुदी कुरो

ओलीले यी चार भाईलाई मात्रै किन आँखाको तारो बनाए ? यो हो गुदी कुरो


  • 8.2K
    Shares

    ओलीले यी चार भाईलाई मात्रै किन आँखाको तारो बनाए ? यो हो गुदी कुरो

    काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय समितिको बैठकबाट बहुमतको निर्णय गराउँदै चार जना नेतालाई पहिलो टार्गेटमा राख्दै अरुलाई तर्साउने मेलोमेसो मिलाएका छन्। 

    नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई नै ओलीले किन पहिलो टार्गेटमा राखेका हुन् ?

    एमाले नवौं महाधिवेशनमा ओलीसँग अध्यक्षमा नेपाल उठेका थिए। सोही बेलादेखि नेपालले ओलीविरुद्धको अभियान मात्र होइन महाधिवेशनमा ‘रोगी’ भनी प्रचार समेत गरेका थिए।

    राधिका शाक्यको पुस्तकमा पनि उक्त विषयको विवरण उल्लेख थियो। नेपालले ‘ओलीको स्वास्थ्य कमजोर रहेकाले नेतृत्व गर्न नसक्ने, अध्यक्षमा मलाई सहयोग गर्नू’ भनी महाधिवेशनका प्रतिनिधिलाई सन्देश छाडेको बताइएको थियो।

    थाइल्यान्डमा उपचारका क्रममा रहँदा यस्तो अभियान चलाइएपछि ओली–नेपाल सम्बन्ध राम्रो थिएन। एकीकरणपछि नेकपाभित्र पनि आफूविरुद्धको गुटबन्दीमा नेपाल सक्रिय रहेको बुझाई ओलीको थियो। अझ नेकपामा अल्पमतमा पारी कारबाही गरिहाल्नुपर्छ भन्ने मत सचिवालयमा नेपालले जोडतोडले उठाएका थिए।

    ‘बहुमतको कुरा नेपालले धेरै गरे, एमाले अलग भएपछि अब बहुमतको निर्णय कस्तो हुन्छ भन्ने देखाउने पालो प्रधानमन्त्री ओलीको छ’, ओलीनिकट एक नेता भन्छन्,‘विरोध सभालगायतमा प्रचण्डसँग मिलेर बहुमतका कुरा कति गरेका थिएरु यो सबै हेक्का छ।’

    अर्कोचाहिँ एमालेमा मिल्नका लागि ओलीले गरेको प्रस्ताव नेपालले नमानेको बताइएको छ। बरु, समानान्तर गतिविधि गरी ओलीलाई कमजोर बनाउन खोजिएको बुझाई छ। ‘प्रचण्डको निर्देशनमा एमाले विभाजनका लागि सक्रिय रहेको भन्ने प्रधानमन्त्री ओलीको बुझाई छ र गतिविधि पनि त्यहि हिसाबले भइरहेका छन्’, ति नेता भन्छन्,‘एमाले विभाजन गर्न उद्दत नेपाललाई पहिलो कारबाहीको लिष्टमा राखिनु स्वभाविक हो, स्पष्टिकरण नआए कारबाही हुनेछ।’

    एमालेको केन्द्रीय कमिटीको बैठक राखी ओलीले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादलसहितका नेताको व्यवस्थापनको अभ्यास थालेका थिए। त्यसलाई म्यानेज गर्न पनि उपाध्यक्ष रावललाई स्पष्टिकरण सोधिएको हो।

    रावलको अधिकार खोसी सुदूरपश्चिमको इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएका ओलीविरुद्ध रावल सक्रिय रहेको बुझाई संस्थापनको छ।

    उता रुपन्देहीमा टकरावको राजनीतिलाई व्यवस्थापन गर्ने एउटा हतियारका रुपमा उपमहासचिव भुसाललाई स्पष्टिकरण सोध्न लागिएको हो। उपमहासचिव विष्णु पौडेल सहभागी कार्यक्रममा रुपन्देहीमा भुसालले नै विरोधी उचालेको बुझाई संस्थापनको छ।

    ‘एउटा मात्र कारण हुँदैन। यी नेताले जसरी पार्टीभित्र हरेक नेतालाई खुइल्याउनका निम्ति तिकडम गरेका छन्, तिनलाई कारबाहीको अर्को विकल्प नै छैन’, ओलीनिकटस्थहरू भन्छन्।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मिलेर चितवनको राजनीतिमा सुरेन्द्र पाण्डेले एमाले कमजोर बनाएको बुझाई संस्थापनले राखेको छ। अहिले गुटगत राजनीतिमा पनि पाण्डे ओलीका सर्वाधिक आलोचकका रुपमा देखिएका छन्।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १७:०८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij