Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

के हो कर्पोरेट पे ? कसरी लिने सेवा सुविधा ?

के हो कर्पोरेट पे ? कसरी लिने सेवा सुविधा ?


  • 7.3K
    Shares

    के हो कर्पोरेट पे ? कसरी लिने सेवा सुविधा ?

    कर्पोरेट पे सञ्चालनमा आएको ६० दिन भन्दा बढि भएको छ । सञ्चालनमा आएको ६० दिनमा कर्पोरेट पे मार्फत ७७ करोड बढी कारोबार भएको छ भने १०० भन्दा बढी व्यवसाय आवद्ध भएका छन् । 

    नेपाल क्लियरिङ हाउस लिमिटेडले साना तथा मझौला व्यवसाय लगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको हो । 

    बैंक तथा वित्तीय संस्थाका व्यवसायिक ग्राहकहरुलाई लक्षित गर्दै नेपाल क्लियरिङ हाउसले ‘कर्पोरेट पे’ ल्याएको एनसीएचएलले जनाएको छ ।

    कर्पोरेट पे मार्फत अनलाइनबाटै फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी गर्न सकिन्छ ।

    उक्त प्रणाली मार्फत कनेक्ट आइपीएस अथवा एनसीएचएल आइपीएसमा रियल टाइम वा नन रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिन्छ । यस प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबारहरु गर्न सक्ने व्यवस्था पनि रहेको छ ।

    यो सेवा एनसीएचएलका सदस्य बैंक तथा वित्तिय संस्थाले ग्राहकहरुलाई उपलब्ध गराउने छन् । यसमा ग्राहकले चेक नकाटेरै २० करोडसम्म कारोबार गर्न सक्नेछन् ।

    कारोबारको लिमिट भने बैंक अनुसार फरक पर्छ । अब ठुला ग्राहकहरुले बैंक नगएरै अनलाइनबाटै भुक्तानी गर्न सक्नेछन् । 

    यसमा बैंक आफैले सेवा शुल्क तोकेर कर्पोरेट सेवा प्रदान गर्न सक्नेछन् । कारोबार शुल्क भने कनेक्ट आइपीएस र आइपीएसमा लाग्ने शुल्क राखिएको छ । 

    एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक, सानिमा बैंक, हिमालयन बैंक, मेगा बैंक लगायत १६ वाणिज्य बैंक र ६ वटा विकास बैंकले कर्पोरेट पे सेवा लिएका छन् ।

    त्यसैगरी गुडविल फाईनान्स, रिलायन्स फाईनान्स र आईसीएफसी फाईनान्सले पनि एनसीएचएलसँगको सहकार्यमा कर्पोरेट सेवा लिएका छन् ।

     

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १६:४२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij