Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

सत्ता गठबन्धनप्रति माधव नेपालको असन्तुष्टि : भन्छन् – सरकारबाट बाहिँरिन सक्छौँ  

सत्ता गठबन्धनप्रति माधव नेपालको असन्तुष्टि : भन्छन् – सरकारबाट बाहिँरिन सक्छौँ  


  • 4.3K
    Shares

    सत्ता गठबन्धनप्रति माधव नेपालको असन्तुष्टि : भन्छन् – सरकारबाट बाहिँरिन सक्छौँ  
    images

    काठमाडौं । सत्ता गठबन्धन दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जतिबेला पनि सरकार त्याग्न सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीलाई गठबन्धनले उपेक्षा गरे सरकार त्याग्न सक्ने चेतावनी दिएका हुन् । 
    आज (शुक्रबार) काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो चेतावनी दिएका हुन् । नेपालले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको टिप्पणी गरे । 

    नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।

    अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ ।’

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १४:४६:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij