Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

इजरायली आक्रमणमा मारिएकी आमाको गर्भबाट जीवित निकालिएको शिशुको पनि मृत्यु

इजरायली आक्रमणमा मारिएकी आमाको गर्भबाट जीवित निकालिएको शिशुको पनि मृत्यु


  • 3.3K
    Shares

    इजरायली आक्रमणमा मारिएकी आमाको गर्भबाट जीवित निकालिएको शिशुको पनि मृत्यु
    images

    गाजा । इजरायली सेनाको आक्रमणमा दक्षिणी गाजामा मारिएकी महिलाको गर्भबाट जीवित निकालिएको एक शिशुको पनि मृत्यु भएको छ । राफाह अस्पतालको सिजरिङ सेक्सनमा चिकित्सकहरूले ह्यान्ड पम्प प्रयोग गरेर ती  शिशुको फोक्सोमा अक्सिजन पुर्‍याउने काम गरेका थिए । 

    यद्यपि, उनको बिहीबार मृत्यु भएको हो । उनको शव उनकी आमाको चिहान नजिकै पुरिएको छ । उनीहरू बस्ने घरलक्षित बमबारी भएको थियो । इजरायली सेनाले भने आफूहरूले हमासका फाइटर र पूर्वाधारहरूलाई लक्षित गरेर आक्रमण गरेको जनाएको छ ।

    शिशुकी आमा साढे सात महिनाकी गर्भवती थिइन् । उनीहरु बस्ने अल सकानीस्थित घरमा इजरायली सेनाले एयर स्ट्राइक गरेको थियो । त्यतिबेला मध्यरात थियो  । शिशुका पिता शुक्री र तीन वर्षीया दिदी  मलक सुतिरहेका थिए । सबै मारिए  । तर, घाइते देखिएकी शिशुकी आमालाई उद्धार दलले तत्काल अस्पताल लगे ।

    चिकित्सकले उनलाई इमर्जेन्सी सिजरिङ सेक्सनमा लगे । त्यतिबेला उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए । सिजरिङपछि शिशु निकालियो, त्यतिबेला उनको तौल १ दशमलब ४ केजी थियो । उनको श्वासप्रश्वास देखेर चिकित्सकले उनी प्रिम्याचुअर रूपमा जन्मेकोले बचाउन नसकिएको बताए । 

    उनकी  मामा घरकी हजुरआमा मिर्भल अल सकानीले बताएअनुसार उनको परिवारले ती शिशुलाई ‘एडप्ट’ गर्ने सोचेको भए पनि बिहीबार उनको मृत्यु भएको हो । बीबीसी

    प्रकाशित मिति :बैशाख १४ २०८१ शुक्रवार - १४:२६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij