Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

निकै शक्तिशाली भएको जस्तो लाग्यो भन्दै प्रचण्डले ओलीलाई घुमाएर हाने झटारो 

निकै शक्तिशाली भएको जस्तो लाग्यो भन्दै प्रचण्डले ओलीलाई घुमाएर हाने झटारो 


  • 7.0K
    Shares

    निकै शक्तिशाली भएको जस्तो लाग्यो भन्दै प्रचण्डले ओलीलाई घुमाएर हाने झटारो 

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमिएपछि आफू थप शक्तिशाली भएको महशुस गरेको दाबी गरेका छन् ।

    जनताको अधिकार रक्षाका लागि जीवनभर नै लडिरहने पनि उनले बताए । ५६ औं अन्तर्राष्ट्रिय रंगभेद विरुद्धको दिवसका अवसरमा नेपाल दलित मुक्ति मोर्चाले आइतवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सडकमा जाँदा शक्तिशाली जस्तो महशुस भएको बताएका हुन् । 

    ‘मैले फेरि पनि धन्यवाद भनेको छु केपीजीलाई किनभने हामी त बालुवाटारवरिपरि, सिंहदरबारवरिपरि घुम्नेवाला भइएको थियो, उहाँले संसद् विघटन गरेर सडकमा पुर्‍याउनुभयो के । सडकमा जनता भएको ठाउँमा जाऊ भन्दिनुभयो के । हामीलाई फेरि दलिततिर, आदिवासी जनतातिर, मजदुर किसानतिर, नेपाली जनताको ठाउँमा लगेर फाल्दिनुभयो । उहाँले त हामीलाई सिध्याउन खोजेको हो । परिस्थिति के भयो भने फेरि हामी आफूमा लागेको धूलोमैलो टक्टक्याउँदै आफूमा फोहर भएको छ भने न्वाइध्वाइ गरेर फेरि जनताको मुद्दामा लगाई लड्ने ठाउँमा पुर्‍याइदिनुभयो,’ प्रचण्डले भने, ‘म त अहिले निकै शक्तिशाली भएको जस्तो लागेको छ, पुस ५ गतेपछि त । जनताको प्रतिनिधिका रूपमा लडाईं लड्ने अवसर प्राप्त भयो ।’

    प्रचण्डले आफूले केपी ओलीसँग आत्मसमर्पण गरेर नगएको र आफैँले ओली प्रवृत्तिविरुद्ध विद्रोह गरेको दाबी गरे ।

    ‘आत्मसमर्पण गरेर एकता गरेको होइन नि, आलोपालो अध्यक्ष, आलोपालो प्रधानमन्त्रीमा सहमति गरेर एकता गरेको हो । पछि केपीले जब षड्यन्त्र गर्न लागे, पार्टीभित्र विधि तथा पद्धति बिगारेपछि विद्रोहको झण्डा कसले उठायो रु संसद् विघटन गरेपछि होइन नि १९ बुँदे पत्र,’ प्रचण्डले भने । 

    उनले त्यो पत्र फेरि एकपटक बढ्न पनि सुझाव दिए ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १६:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij