Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

उपनिर्वाचन

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति (विज्ञप्तिसहित)

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति (विज्ञप्तिसहित)


  • 4.8K
    Shares

    उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलद्वारा स्वीकृति (विज्ञप्तिसहित)
    images

    काठमाडौं । यहीँ बैशाख १५ मा इलाम–२ र बझाङ–१ (क)मा हुने उपनिर्वाचनका लागि सेना परिचालन हुने भएको छ । सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलले नै स्वीकृति दिएका छन् । 

    इलाममा हुने प्रतिनिधिसभा र बझाङमा हुने प्रदेशसभा उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहीत वातावरणमा सम्पन्न गर्न सेना परिचालन गरिने राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी घट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    बैशाख १० गते बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकको सिफारिसमा आधारमा मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको पत्रका आधारमा नेपाली सेना परिचालन गर्न संविधानको धारा ६६ को उपधार २ बमोजिम राष्ट्रपति पौडेलले सेना परिचालन गर्ने अनुमाति दिएका छन् । 

    हेर्नुहोस् विज्ञप्ति :

    0817069071-13_सेनपरिचालन_Scan_20240425 (1).jpg

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - १४:१२:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij