Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

प्रदेश सरकार

मधेसमा बिना विभागीय मन्त्रीका आ–आफ्नै अडान : सबैको मालदार मन्त्रालयमा रुझान, लुंगेलीलाई श्रमको जिम्मेवारी

मधेसमा बिना विभागीय मन्त्रीका आ–आफ्नै अडान : सबैको मालदार मन्त्रालयमा रुझान, लुंगेलीलाई श्रमको जिम्मेवारी


  • 2.9K
    Shares

    मधेसमा बिना विभागीय मन्त्रीका आ–आफ्नै अडान : सबैको मालदार मन्त्रालयमा रुझान, लुंगेलीलाई श्रमको जिम्मेवारी
    images

    काठमाडौं । मधेस प्रदेश मन्त्रिपरिषद्मा बिना विभागीय मन्त्रीले आ–आफ्नै अडान लिएका छन् । उनीहरुले मालदार मन्त्रालय बाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने अडान लिएका हुन् । 

    यसअघि सात्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)बाट बिना विभागीय मन्त्री बनेकी बेची लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ । बैशाख ६ गते विना विभागीय मन्त्रीको शपथ लिएकी उनले आज मन्त्रालयको पदभार ग्रहण गरेकी छन् । 

    नेकपा (माओवादी केन्द्र)बाट विना विभागीय मन्त्री बनेका भरतप्रसाद साहले अर्थ मन्त्रालय लिने अडानमा छन् । मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत लिनु पूर्व अर्थ मन्त्रालय दिने वचन पूरा गर्नुपर्ने उनको माग छ ।

    मुख्यमन्त्री यादवले उनलाई अर्थ नदिएर बाँकी रहेको वन तथा वातावरण मन्त्रालय दिन चाहेका छन् । तर, साहले उक्त मन्त्रालय लिन अस्वीकार गर्दै आएका छन् ।

    जनमतले छाडेको श्रम तथ यातायात मन्त्रालय र लोसपाले छाडेको वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्रीले आफैंले राखेका थिए ।

    प्रकाशित मिति :बैशाख १३ २०८१ बिहिवार - ११:५८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij