Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

प्रदेश सरकार

लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा, कसलाई कुन मन्त्रालय ? 

लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा, कसलाई कुन मन्त्रालय ? 


  • 2.4K
    Shares

    लुम्बिनी प्रदेश : बिना विभागीय ७ मन्त्रीले पाए मन्त्रालयको जिम्मा, कसलाई कुन मन्त्रालय ? 
    images

    काठमाडौं । लुम्बिनी प्रदेशका सात जना बिनाविभागीय मन्त्रीलाई विभिन्न मन्त्रालयको जिम्मा दिइएको छ । मुख्यमन्त्री जोख महराले विना विभागीय मन्त्रीलाई ७ जना मन्त्रीलाई मन्त्रालयको जिम्मा लगाएका हुन् । 

    आज (बुधबार) मुख्यमन्त्री महराले सहरी विकास तथा खानेपानी मन्त्रालयको जिम्मेवारी भूमिश्वर ढकाललाई, आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी अर्जुन केसी र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी रत्नबहादुर खत्रीलाई दिएका हुन् । 

    ढकाल, पन्थी, केसी र खत्री एमालेबाट मन्त्री बनेका हुन् । भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको जिम्मेवारी धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मा खड्ग बस्नेत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीले पाएकी छन् । 

    चौधरी नागरिक उन्मुक्ति पार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीका हुन् । एमालेबाट चेतनारायण आचार्यले अर्थ र माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी यसअघि नै पाएका थिए ।

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १६:२६:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij