२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । इलाम–२ मा यही वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि आज मध्यरातिदेखि नेपाल–भारत सीमा ‘सिल’ गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि जिल्लासँग जोडिएका भारतीय सीमा सिल गर्ने सूचना जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले उपनिर्वाचनको दिन राति १२ बजेसम्मका लागि सीमा सिल गरिएको जानकारी दिए ।
‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण र प्रभावकारी बनाउन भारतीय सीमा सिल गर्न लागेको यादवले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij