Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

द्विपक्षीय वार्ता

नेपालमा लगानी गर्न कतारलाई आग्रह, टिम निर्माण गर्ने समझदारी  

नेपालमा लगानी गर्न कतारलाई आग्रह, टिम निर्माण गर्ने समझदारी  


  • 2.2K
    Shares

    नेपालमा लगानी गर्न कतारलाई आग्रह, टिम निर्माण गर्ने समझदारी  
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र कतारबीच रहिआएको आपसी सम्बन्धलाई थप सुदृढ तुल्याउँदै दुवै देशको हितमा सहयोग आदानप्रदान हुनुपर्ने बताएका छन् । 

    प्रधानमन्त्री दाहाल र नेपालको राजकीय भ्रमणमा रहनुभएका मित्रराष्ट्र कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानीबीच आज यहाँ भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्रीले नेपालमा कृषि, पर्यटन एवं पूर्वाधारका क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको जानकारी गराए । 

    कतारमा कार्यरत नेपालीहरू नेपाल–कतारबीच रहीआएको मैत्रीसम्बन्धलाई अझ सबल बनाउने सूत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगामी दिनमा यस्ता सम्बन्धलाई अझ मजबुद बनाउनुपर्नेमा जोड दिए । 

    उनले इजरायल र हमासबीच भएको द्वन्द्वका क्रममा बेपत्ता नेपाली विद्यार्थी विपिन जोशीलाई सुरक्षितरूपमा नेपाल ल्याउन पहल गरिदिन अनुरोध गरे । 

    नेपाल र कतारबीच सदैव सौहार्द सम्बन्ध रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दुई देशबीच सम्बन्धहरू सौहार्दपूर्ण मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रहेको बताए ।

    त्यस्तै नेपालमा लगानी गर्न प्रधानमन्त्रीले कतारका अमिरलाई आग्रह गरेका छन् । यसका लागि टिम निर्माण गर्ने समझदारी पनि भएको छ । 

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १३:५४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij