Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

शेखको नेपाल भ्रमण

कतारका राजा थानीले विपीन जोशीको रिहाका लागि पहल गर्ने

कतारका राजा थानीले विपीन जोशीको रिहाका लागि पहल गर्ने


  • 2.7K
    Shares

    कतारका राजा थानीले विपीन जोशीको रिहाका लागि पहल गर्ने
    images

    काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले विपीन जोशीको रिहाका लागि पहल गर्ने प्रतिवद्धता गरेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटवार्तामा विपीनको रिहाका लागि पहल गर्ने प्रतिवद्धता गरेका हुन् ।

    हमासको कब्जामा रहेका विपिन जोशीको रिहाका लागि पहल गर्ने गरेको आग्रहमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी सकारात्मक देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर शेखबीच आज भएको एक्ला एक्लै वार्तामा सो विषयमा कुराकानी भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले जोशीको रिहाका लागि गरेको आग्रहमा अमिर शेखले आफू रिहाका लागि सकारात्मक रहेको र यसका लागि आफ्नो तर्फबाट रिहाका लागि पहल गरिने प्रतिबद्धता जनाएको प्रधानमन्त्री प्रचण्डका परराष्ट्र सल्लाहकार रूपक सापकोटाले बताए ।

    हमास र इजरायल बिच मध्यस्थताको भूमिकामा रहेको कतारले यसअघि पनि विपिन जोशीको रिहाका लागि प्रतिबद्धता जनाएको थियो । हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटघाटमा विपिन जोशीको रिहाका लागि अमिर शेखलाई पहल गर्न आग्रह गरिएको थियो । 

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १२:३६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij