Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

समाचार

कतारी राजको सम्मानमा दिवाभोजको आयोजना

कतारी राजको सम्मानमा दिवाभोजको आयोजना


  • 2.2K
    Shares

    कतारी राजको सम्मानमा दिवाभोजको आयोजना
    images

    काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन् । 

    प्रधानमन्त्री दाहालले आज बिहान द्वारिका होटलमा उनको सम्मानका दिवाभोजको आयोजना गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री दाहालले कतारी अमिरलाई स्वागत गरेका थिए । दिवाभोजमा दुवै पक्षका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

    उनीहरूबीच आज यसअघि होटल सोल्टीमा द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा विभिन्न छ विषयमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

    कतारका अमिर अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा वैशाख ११ गते अपराह्न यहाँ आएका हुन् । कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका थिए । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गरेका थिए । 

    मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक यो उच्चस्तरको भ्रमण भएको हो । कतारी अमिर थानी आज दिउँसो २ बजे काठमाडौंबाट प्रस्थान गर्ने तालिका छ । 

    प्रकाशित मिति :बैशाख १२ २०८१ बुधवार - १२:०४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij