२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । नेपालले कतारसँग द्विपक्षीय सम्झौता सम्पन्न गरेको छ । आज दिउँसो १२ बजे नेपालले कतारसँग उक्त सम्झौता सम्पन्न गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारी अमिर शेख तमिम बिन हमाद अल थानीबीचको भेटवार्ता लगत्तै आठवटा विषयमा सम्झौता भएको छ ।
यस्तै छ वटा विषयमा सझादारी पनि भएको भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरको उपस्थितिमा सम्झौतापत्रमा नेपालको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी र कतारका कानुन मन्त्रीले हस्ताक्षर गरेको जनाएको छ ।
८ मध्ये २ वटा सम्झौतापत्रमा निजी क्षेत्रबाट हस्ताक्षर भएको छ ।
यी हुन् सम्झौता :
-कला र संस्कृति
-शिक्षा
-कूटनीतिक तालिम
-युवा खेलकुद
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij