Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यी हुन् राष्ट्रपति संग बंगलादेश जाने २७ जना

यी हुन् राष्ट्रपति संग बंगलादेश जाने २७ जना


  • 8.5K
    Shares

    यी हुन् राष्ट्रपति संग बंगलादेश जाने  २७ जना


    काठमाडौं । बंगलादेशको दुई दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी २७ सदस्यीय प्रतिनिधिमण्डलसहित सोमवार ढाका प्रस्थान गर्ने तय भएको छ ।

    सरकारी प्रतिनिधिमण्डलमा राष्ट्रपति पुत्री उषाकिरण, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकाल, प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी रहेका छन् ।

    त्यस्तै परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल,राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराई र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला प्रतिनिधिमण्डलमा रहनेछन् ।

    २७ सदस्यीय प्रतिनिधिमण्डलमा ढाकास्थित नेपाली राजदूत डा। वंशीधर मिश्र सहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सहभागी हुनेछन् । यसका साथै सांस्कृति संस्थानले २० जना कलाकारको टोली समेत पठाउँदैछ ।

    राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपिता बंगलाबन्धु शेख मुजबुर रहमानको सतवार्षिकी जन्म जयन्तीमा सहभागी हुने कार्यक्रम छ ।

    बंगलादेशले रहमानको सतवार्षिकी कार्यक्रम एक सातासम्म विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । सो कार्यक्रममा भण्डारीले नेपाल(बंगलादेश सम्बन्धको बारेमा प्रवचन दिने कार्यक्रम छ । त्यसैगरी भण्डारीले बंगलादेशका समकक्षी मोहमद अब्दुल हमिदसँग विभिन्न दुईपक्षीय विषयमा कुराकानी गर्ने कार्यक्रम छ ।

    राष्ट्रपतिको भ्रमणका क्रममा विभिन्न पाँचवटा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम समेत रहेको छ । ती सांस्कृतिक, कृषि, पर्यटन, पारवहनलगायतका विषयमा सम्बन्धित छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:५७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij