२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । थानी चढेको विमान ३ः४२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
अमिर थानीलाई स्वागत राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका छन् । उनलाई विमानस्थलमै २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij