Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

गृहजिल्लामा प्रचण्ड संग ओलीले यसरी गरे सम्पत्ति बाँडफाँट, ५० लाख नगद कसको भागमा ?

गृहजिल्लामा प्रचण्ड संग ओलीले यसरी गरे सम्पत्ति बाँडफाँट, ५० लाख नगद कसको भागमा ?


  • 6.3K
    Shares

    गृहजिल्लामा प्रचण्ड संग ओलीले यसरी गरे सम्पत्ति बाँडफाँट, ५० लाख नगद कसको भागमा ?

    काठमाडौं । कुर्सी, पद र प्रतिष्ठामा भागबन्डा नमिले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा नेकपा एमाले र माओवादी केन्द्रले जिल्ला पार्टी कार्यालयका जिन्सी सामान भागबन्डा गरेका छन्। एमालेले नेता माधवकुमार नेपाललगायत नेतालाई कारबाही गरेकै बेला एकअर्काका कटुआलोचक ती दुई पार्टीले जिन्सी सामान भागबन्डा गरेर आआफ्नो भाग लिएका हुन्।

    सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई २०७५ जेठ २ गतेकै अवस्थामा फर्काइदिएपछि अंशबन्डा गरिएको हो। "हामीले हाम्रो सामान फिर्ता ल्यायौं, उनीहरूका छोडिदियौ", माओवादी केन्द्र झापाका पूर्वसंयोजक विजय साम्पाङले भने, "बैंकमा रहेको रकमको हिसाबकिताब बाँकी छ।"

    नेकपा एमालेले साविक जिल्ला पार्टी कार्यालय पुनः सञ्चालनमा ल्याएपछि माओवादी केन्द्रले आफ्ना सामान उठाएर लगेको हो। केन्द्रमा ती दुई पार्टी एकीकरण भएपछि झापाका दुवै जिल्ला कमिटीलाई समायोजन गरी दुवैको सरसामान एउटै ठाउँमा मिसाइएको थियो। पार्टी अलग-अलग भएपछि माओवादी केन्द्रले आफूले ल्याएको सरसामान लगेको हो। माओवादी केन्द्रका कार्यकर्ताले अहिलेको एमाले कार्यालयबाट तीन सयवटा प्लाष्टिकका कुर्सी, तीनवटा दराज, टेबल, सोफा, कम्प्युटर, फोटोकपी मेशिन, प्रिन्टरलगायतका सामान लगेका हुन्।

    एमालेका झापा अध्यक्ष चिन्तन पाठकसँगको आपसी सहमतिपछि आफूहरुले आफ्नो भौतिक सम्पत्ति लगेको माओवादी केन्द्रका पूर्वझापा संयोजक साम्पाङले बताए। उनले एमाले कार्यालय सचिव शिव ढुंगेलको रोहवरमा ती सामान ल्याएको जानकारी दिए। 

    "करिब तीन वर्षअघि ल्याएर एकै ठाउँमा मिसाएर राखिएका सामान छुट्याउन केहीबेर गाह्रो भयो",  माओवादीका एक जिल्ला सदस्यले भने , "दुस्ख गरेर आफूहरुले जोडेको सामान परैबाट चिनिहालियो उठाएर ल्यायौं।"

    सामान लगेर बिर्तामोड-१ स्थित गौरीशंकर स्मृति प्रतिष्ठान रहेको भवनमै माओवादी राखेको छ। सामान लगेर पार्टी कार्यालय सञ्चालनमा ल्याइसकेको अखिल नेपाल ट्रेड युनियन प्रदेश इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए। एमालेले पनि पार्टी कार्यालय सञ्चालनमा ल्याइसकेको छ।

    अब नगद बाँडफाँट

    केही दिनभित्रै नगद बाँडफाँट पनि गरिने भएको छ। पार्टी एकीकरण भएपछि एमाले र माओवादी केन्द्रले झापामा करिब तीन वर्ष सँगै आर्थिक कारोबार गरेका थिए। जिन्सी सामानको अंशबण्डासँगै नगद पनि भागवबण्डा हुने भएको हो। पार्टी अलग भइसकेपछि दुवैको सहमतिमा बैंक खाता रोक्का गरिएको छ। 

    साविक नेकपाको नाममा राष्ट्रिय वाणिज्य बैंक बिर्तामोड र बिर्तामोडको एक्सल बैंकमा खाता रहेको छ। ती बैंकमा नेकपाको नाममा ५० लाखको हाराहारीमा नगद देखिन्छ। कार्यकर्ताबाट उठ्न बाँकी रहेको लेवीसहितको  रकम  बाँडफाँट तत्कालै गर्न आफूहरुले भनिसकेको विजयले जानकारी दिए। एमाले अध्यक्ष पाठकले रकम बाँडफाँटमा कुनै समस्या नभएको बताए। बैंकमा के-कति रकम छ र त्यो कहाँबाट आयो भन्ने सम्पूर्ण रेकर्ड छ। त्यसका आधारमा रकम बाँडफाँट हुने उनले बताए। 

    "हामी पारदर्शी तवरले नगद बाँडफाँट गर्न तयार छौँ", अध्यक्ष पाठकले भने, "बैंकमा भएको मात्रै होइन, लेवी तिरेको रसिद देखाएर मैले एमाले छोडेँ,माओवादीमा गएँ भन्नू हुन्छ भने त्यो रकमसमेत फिर्ता गर्न पार्टी तयार छ।" पार्टी विभाजनअघि र पछि पनि कुनै समस्या नभएको उनले बताए। माओवादी पक्षले भने रकम बाँडफाँटमा एमालेले झमेला गर्नसक्ने आशंका व्यक्त गरेको छ। एमालेले खातामा भएको रकममा नै विवाद झिक्ने सम्भावना रहेको माओवादीका एक जिल्ला नेताले दाबी गरे।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १४:४२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij