२०८२ फाल्गुण २३ गते शनिवार
क्वाललम्पुर । सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ।
हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएका थिए। यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार छ। हेलिकप्टर दुर्घटनापछि उद्धारमा खटिएको टोली।
बीबीसीका अनुसार हालसम्म उक्त दुर्घटनामा कोही बाँचेको जानकारी प्राप्त भएको छैन।
दुर्घटनामा परेका एउटा हेलिकप्टरमा ७ र अर्कामा ३ जना सवार थिए।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij