Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

समाचार

गृहमन्त्री लामिछानेलाई सांसद ज्ञानेन्द्र शाहीको सुझाव– ‘राजा फर्काउने अभियानमा लाग्नुस्’ 

गृहमन्त्री लामिछानेलाई सांसद ज्ञानेन्द्र शाहीको सुझाव– ‘राजा फर्काउने अभियानमा लाग्नुस्’ 


  • 3.5K
    Shares

    गृहमन्त्री लामिछानेलाई सांसद ज्ञानेन्द्र शाहीको सुझाव– ‘राजा फर्काउने अभियानमा लाग्नुस्’ 
    images

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई राप्रपा सांंसद ज्ञानेन्द्र शाहीले आफ्नै देशको राजा फर्काउन सुझाव दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई शाहीले विदेशी राजा आउँदा सार्वजनिक बिदा दिएको भन्दै तपाईंर अरू नेतामा के फरक छ ? भन्ने प्रश्न समेत गरेका छन् । 

    कतारका अमिर शेख तमिम विन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्वजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी गरेका हुन् । 

    माननीय रवि लामिछानेज्यू, ‘हिजोका दिनहरुमा तपाईंले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो । तर, आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्बजनिक बिदा दिनुभएछ । अब भन्नुहोस्, तपाईं र अरू नेतामा के फरक भो ? बोल्ने एउटा गर्ने एउटा ? विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफनै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो, विदेशीको ?’

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - १०:०१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij