Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

माओवादी केन्द्र र नेकपा (एस)बीच एकताको चर्चा सेलाएकै बेला प्रधानमन्त्री प्रचण्ड र खनालबीच भेटवार्ता 

माओवादी केन्द्र र नेकपा (एस)बीच एकताको चर्चा सेलाएकै बेला प्रधानमन्त्री प्रचण्ड र खनालबीच भेटवार्ता 


  • 3.8K
    Shares

    माओवादी केन्द्र र नेकपा (एस)बीच एकताको चर्चा सेलाएकै बेला प्रधानमन्त्री प्रचण्ड र खनालबीच भेटवार्ता 
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । 

    आज (मंगलबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र खनालबीच भेटवार्ता भएको हो । दुई नेताबीच इलामको चियाको समस्याबारे छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

    इलामका चिया व्यवसायीले पूर्वप्रधानमन्त्री खनाललाई भेटी चियाको समस्याबारेमा जानकारी गराएपछि खनालले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । भारतीय पक्षले नेपालको चिया लान छोडेपछि इलामका उद्योगपतिहरू र किसानहरु मार्कामा परेका छन् । 

    डेढ वर्षअघि पनि भारतले नेपालको चिया आयातमा रोक लगाएको थियो । तर, नेपालको पहलपछि  चिया नियमित किनबेच भइरहेको थियो । 

    यद्यपि माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताबारे कुनै कुरा नभएको भट्टराईले बताए । केही समयअघि यी दुई कम्युनिष्ट पाटसर््बीच एकताको चर्चा चले पनि पछिल्लो समय यसबारे कुनै छलफल नभएको उनको भनाइ छ । 

     

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ०९:४२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij