Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा

मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा


  • 2.3K
    Shares

    मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’मा
    images

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सकिएको छ ।

    नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाइ भएको थियो ।

    आजको सुनुवाई नसकिएपछि यस रिटलाई ुहेर्दाहेर्दैु मा राखिएको छ ।  यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाइ आज गर्न आदेश दिएको थियो ।

    मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । 

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - १६:२९:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij