Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

कतारका राजा भोलि नेपाल आइपुग्ने भएपछि सार्वजनिक बिदा, के भन्छन् यहाँका राजावादी ? 

कतारका राजा भोलि नेपाल आइपुग्ने भएपछि सार्वजनिक बिदा, के भन्छन् यहाँका राजावादी ? 


  • 3.1K
    Shares

    कतारका राजा भोलि नेपाल आइपुग्ने भएपछि सार्वजनिक बिदा, के भन्छन् यहाँका राजावादी ? 
    images

    काठमाडौं । सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएपछि राप्रपाले व्यंग्य गरेको छ । 

    राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले सामाजिक सञ्जालमा व्यंग्य गर्दै आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछन् भन्दै व्यंग्य गरेका हुन् । 

    उनले नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत दिन माग गरेका छन् । 

    उनले भनेका छन् :

    ‘कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि नेपाल आउँदा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ । आफ्नो देशको राजालाई विदेशी योजनामा पाखा लगाएकाहरुले विदेशकै राजालाई भएपनि सम्मान दिएछ ! नेपालको राजालाई पनि आफ्नो स्थान, श्रीपेच र इज्जत देऊ ।’

    कतारका अमिर थानी नेपालको दुई दिने भ्रमणका लागि मंगलबार काठमाडौं आउँदैछन्  । 

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - १४:१६:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij