Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

सत्तारूढ दलकै शीर्ष नेता माधव नेपालको आशंका : ‘गठबन्धन कति दिन टिक्छ टुंगो छैन’

सत्तारूढ दलकै शीर्ष नेता माधव नेपालको आशंका : ‘गठबन्धन कति दिन टिक्छ टुंगो छैन’


  • 2.8K
    Shares

    सत्तारूढ दलकै शीर्ष नेता माधव नेपालको आशंका : ‘गठबन्धन कति दिन टिक्छ टुंगो छैन’
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनबारे आशंका व्यक्त गरेका छन् । 

    सोमबार नरबहादुर कर्माचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालको अहिलेको राजनीति जटिल भएको बताउँदै वर्तमान गठबन्धन लामो समय जानेमा आशंका व्यक्त अग्रेका हुन् । 

    उनले भने, ‘परिस्थिति जटिल छ । छोटो समय भित्र गठबन्धन ओल्टेकोल्टे गरेको छ । यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन । त्यसको सबै जवाफ त हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले दिनुहुनेछ । मैले दिन सक्दिनँ । तर, पनि अलिअलि भन्न सक्छु । परिस्थिति सहज छैन । हामी सहज मानिरहेका छैनौँ । सहज अवस्थामा आफूलाई अनुभूत गरिरहेका छैनौँ ।’

    अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आफूहरू कसैको गालीगलौज सहनका लागि नजन्मेको भन्दै कसैको दास नबन्ने बताए ।  

    उनले भने, ‘कसैका धाक, धम्की, कसैका गालीगलौज सुन्नका लागि हामी राजनीतिमा आएका होइनौँ, समाजमा जन्मिएका होइनौँ, राजनीतिमा लागेका होइनौँ । कसैको दास बन्ने हाम्रो नियत होइनौँ ।’

    पछिलो समय सत्ता गठबन्धनमा यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएको भन्दै नेपाल असन्तुष्ट रहेका छन् ।  उनले यस बीचमा वैकल्पिक गठबन्धन बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफलमा रहेको बताइएको छ ।  

    प्रकाशित मिति :बैशाख १० २०८१ सोमवार - ०९:३८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij