Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

समाचार

एमाले प्रतिनिधि परिषद् वैठकमा अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

एमाले प्रतिनिधि परिषद् वैठकमा अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड


  • 2.7K
    Shares

    एमाले प्रतिनिधि परिषद् वैठकमा अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड
    images

    काठमाडौं । नेकपा (एमाले)को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।

    सो पार्टीक महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्नु भएको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानविन गरी कारवाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । 

    ‘एमालेको विशेषता भनेको यसका नेता र कार्यकताहरु सरल, नैतिकवान् चरित्रवान् र जनपक्षीय हुनु हो । यसप्रकारको विशेषताले हाम्रो पार्टीलाई अरुपार्टी भन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकताबारे सार्वजनिक रुपमा टिकाटिप्पणीहरु सुनिने तर त्यसका बारेमा कुनै सुनुवाइ नभइरहेको अवस्था देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । 

    प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइदा इमान्दारहरु पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यसप्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । 

    प्रतिवेदनमा पार्टी नेता तथा कार्यकताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा जिल्ला र पालिका तहमा कुल मतदाताको छ प्रतिशत र वडामा न्यूनतम तीन प्रतिशत पार्टी सदस्यता बिस्तार गर्ने उल्लेख छ । 

    प्रतिवेदनमा पुराना सदस्यले नवीकरण शुल्क बुझाइसकेको अवस्थामा पनि नवीकरण विवरणमा नाम समावेश नभएको कमजोर देखिएको जनाइएको छ । कतिपय जिल्लाले पार्टी सदस्यता नवीकरणमा ध्यान दिएको नपाइएको विषय पनि उठान गरिएको छ ।

    पार्टीले युवालाई नेतृत्व विकास गर्नका लागि प्रत्येक गाउँपालिकाले ५० जना, नगरपालिकाले एक सय जना, उपमहानगरले एक सयल ५० जना र महानगरले दुई सय जना युवा पहिचान गर्दै नेतृत्व विकासको लागि प्रशिक्षण प्रदान गरी पार्टीको काममा जोड्नुपर्ने उल्लेख गरिएको छ । 

    अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनमाथि विभिन्न छ समूहमा छलफल भइरहेको छ । –रासस 

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - १६:०६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij