२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनी हिजो (शनिबार) बेलुकीबाट अस्वस्थ भएका हुन् ।
गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको आज अन्तिम दिन सहभागी छैनन् । ओली हिजोको कार्यक्रम समापन लगत्तै घर फर्किएका थिए ।
घर पुगेपछि रुघाखोकीले सताएको ओलीको सचिवालयले जनाएको छ । आज (आइतबार) पनि उनी अस्वस्थ भएपछि बैठकमा उपस्थित छैनन् ।
ओली बैठकमा उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को बैठक बसेको छ । बैठकको आज समापन हुँदैछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij