Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

प्रदेश सरकार

सत्ता साझेदार दल जसपाले सरकार छोड्यो, समर्थन कायमै 

सत्ता साझेदार दल जसपाले सरकार छोड्यो, समर्थन कायमै 


  • 2.9K
    Shares

    सत्ता साझेदार दल जसपाले सरकार छोड्यो, समर्थन कायमै 
    images

    बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।  

    जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए । कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् । 

    गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् । 

    ८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिँदा ४८ मत पाएका थिए । 

    जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ । 

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - १२:३०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij