२०८२ कार्तिक २३ गते आइतवार
काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा नेता भीम रावल गएका छैनन् । गोदावरीको सनराईज हलमा जारी उक्त बैठकमा रावल नगएपछि सबैतिर चासोको विषय बनेको छ ।
सात प्रदेश र ७७ जिल्लाबाट महाधिवेशन प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय कमिटी सदस्यहरू, केन्द्रीय निकायमा मनोनयन भएका परिषद् सदस्य र केन्द्रीय पदाधिकारीसहित झन्डै २ हजार पाँच सय ४५ जना बैठकमा सहभागी छन् ।
‘बैठकमा मलाई औपचारिक निमन्त्रणा थिएन । यद्यपि म एमालेकै नेता भएकोले जानुपर्छ भन्ने मनसाय त थियो । तर, त्यसका लागि परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नभएपछि बैठकमा प्रवेशका लागि विन्ती गर्नु उपयुक्त लागेन ।’
तर, नेता भीम रावल बैठकमा उपस्थित नभएपछि खबरसेन्टरले उनलाई सम्पर्क गरी तपाईं एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा किन जानु भएन भन्ने प्रश्नमा उनको जवाफ थियो– ‘बैठकमा मलाई औपचारिक निमन्त्रणा थिएन । यद्यपि म एमालेकै नेता भएकोले जानुपर्छ भन्ने मनसाय त थियो । तर, त्यसका लागि परिचयपत्र नै बनाइएको रहेनछ । परिचयपत्र नै नभएपछि बैठकमा प्रवेशका लागि विन्ती गर्नु उपयुक्त लागेन ।’
चितवनमा गत २०७८ मंसिरमा भएको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओली र भीम रावलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा भएको थियो । त्यसयता ओली र रावलको सम्बन्धमा तिक्तता कायमै छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij