Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

रिटर्नी सेन्टर नेपालको अध्यक्षमा  देवेन्द्र सम्वाहाङ्फे निर्वाचित 

रिटर्नी सेन्टर नेपालको अध्यक्षमा  देवेन्द्र सम्वाहाङ्फे निर्वाचित 


  • 2.2K
    Shares

    रिटर्नी सेन्टर नेपालको अध्यक्षमा  देवेन्द्र सम्वाहाङ्फे निर्वाचित 
    images

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकट रिटर्नी सेन्टर नेपालको अध्यक्षमा देवेन्द्र सम्वाहाङ्फे निर्वाचित भएका छन् । चितवनमा आयोजित प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सम्वाहाङ्फे निर्वाचित भएका हुन् । 

    उनका निकटम् प्रतिस्पर्धी मेजरकुमार राई १८ मतले पराजित भएका थिए । अध्यक्ष सम्वाहाङ्फेले ४७ र राईले २९ मत प्राप्त गरेका थिए । अध्यक्ष सम्वाहाङ्फेसहित १७ सदस्यीय पदाधिकारी चयन गरिएको छ । 

    वरिष्ठ उपाध्यक्षमा डोरबहादुर कार्की तथा ४ जना उपाध्यक्षहरुमा भिम रोकाय (मुस्कान), कृष्णकुमार सिंह (अस्मित), चेतना श्रेंग र नविराज खान चुनिएका छन् । 

    महासचिवमा घनश्याम भट्टराई तथा दुईजना उपमहासचिवमा विशाल भण्डारी र निमेषकुमार ओली चयन भएका छन् । एकमात्र कोषाध्यक्ष पदमा धनध्वज मल्ल ठकुरी चयन भएका छन् ।

    त्यसैगरी सातै प्रदेशबाट एक–एक जना गरी ७ सचिवहरुमध्ये चार सचिव चुनिएका छन् । बाँकी ३ सचिवको भने टुंगो लागेको छैन ।
    कोशी प्रदेश सचिवमा राम सन्जेल, मधेश प्रदेश सचिवमा बुद्ध स्याङ्गबो लामा, लुम्बिनी प्रदेश सचिवमा दिनेश भुषाल र कर्णाली प्रदेश सचिवमा जनक परियार चुनिएका छन् । बागमती, गण्डकी र सुदूरपश्चिम सचिवमा भने निर्णय हुन बाँकी छ ।

    अध्यक्ष सम्वाहाङ्फले बागमती, गण्डकी र सुदूरपश्चिम सचिवबारे पछि प्रदेश कमिटीले निर्णय गर्ने बताए । 

     

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - ०९:५५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij