Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

देउवा र ओली शनिबार एउटै बैठकमा, सत्ता फेरबदलको कसरत हो ?  

देउवा र ओली शनिबार एउटै बैठकमा, सत्ता फेरबदलको कसरत हो ?  


  • 5.7K
    Shares

    देउवा र ओली शनिबार एउटै बैठकमा, सत्ता फेरबदलको कसरत हो ?  
    images

    काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा भोलि (शनिबार) एउटै मञ्चमा देखिनेछन् । 

    एमालेद्वारा आयोजित पार्टी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा देउवा र ओली एउटै मञ्चमा देखिनेछन् । 

    त्यसका लागि एमालेले आज (शक्रबार) सभापति देउवालाई बैठकमा सहभागी भइदिन आधिकारिक रूपमै निम्तो दिएको छ ।

    शुक्रबार बिहान एमाले नेताहरू देउवा निवास पुगेर निम्तो दिएका हुन् । 

    देउवालाई निम्तो दिन देउवा निवास पुगेका एमाले सचिव योगेश भट्टराईले भने, ‘हामीले शुक्रबार पूर्व प्रधानमन्त्री समेत रहेका नेता देउवालाई निम्ता दियौँ । उहाँले निम्तो स्वीकार गर्नु भएको छ । आउँछु भन्नुभएको छ ।’

    एमालेको प्रतिनिधि परिषद् बैठक गोदावरीस्थित सनराइज हलमा शनिबारबाट सुरु हुँदैछ । 

     

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १३:४१:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij