Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

झाँक्रीको नाम हटाएर झलनाथको नाम थपेका ओलीले अरु क-कसलाई के-के गर्दैछन् कारबाही ?

झाँक्रीको नाम हटाएर झलनाथको नाम थपेका ओलीले अरु क-कसलाई के-के गर्दैछन् कारबाही ?


  • 11.0K
    Shares

    झाँक्रीको नाम हटाएर झलनाथको नाम थपेका ओलीले अरु क-कसलाई के-के गर्दैछन् कारबाही ?

    काठमाडौं । हिजो शनिबार दिउँसो बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको निश्कर्ष थियो, ‘समूहबद्धता र गुटवन्दी स्वीकार्य हुँदैन ।’

    त्यसो भन्नुभन्दा केही समयअघि ३८ जना माननीयको हस्ताक्षर बोकेर माननीय सोमप्रसाद पाण्डे ज्ञापनपत्र बुझाउन बैठक कक्षमा प्रवेश गर्दा प्रधानमन्त्रीले ‘बुझाउनोस्,‘इण्डिभिजुअल्ली’ सहकार्य हुन्छ भने पार्टीभित्र सबैको मूल्याङ्कन हुन्छ । तर,संख्या यति र उति भनियो भने त्यस्तो हुँदैन । कदापि स्वीकार्य हुँदैन । व्यक्तिगत रुपमा बैठकमा आउँछन्,सहभागी हुन्छन् भने स्वागत छ । त्यसो गर्दा सबैको मूल्याङ्कन हुन्छ’ भनेका थिए ।

    त्यो सङ्गै उहाँले ‘एक्सन ओरियण्टेड” प्रक्रिया अघि बढाए । जसअनुसार चारजनालाई स्पस्टिकरण सोध्ने निर्णय गरिएको छ । शुरुमा मन्तव्य राख्दै उनी  आफैले वरिष्ठ नेता माधवकुमार नेपाल,उपाध्यक्ष भीम रावल,उपमहासचिव घनश्याम भुसाल,स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र नेत्री तथा सांसद रामकुमारी झाँक्रीलाई कार्वाही गर्नपर्ने छ भने। 

    अन्तिममा निर्णय टिपाउने क्रममा भने झाँक्रीको नाम हटाउन लगाए  । स्रोतका अनुसार,रास्ट्रपतिमाथि टिप्पणीका निम्ति यसअघि राज्यबिरुध्दको कसुरअन्तर्गत समातेर मुध्द्दा चलाइसकिएकोले पटकपटक खेदेको अर्थ लाग्न जाने आशंकाको कारण हुनुपर्छ, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले झाँक्रीको वेट (हैसियत) पुगिनसकेकाले भैगो अहिले भनेर स्पस्टिकरण नसोध्ने भन्नुभयो र बल्ल नाम हटाइयो ।

    बैठकको प्रारम्भ गर्दै ओलीले पाँच जनालाई स्पस्टिकरण सोध्ने भनिए पनि निर्णय सुनाउने बेलामा झाँक्रीको नाम हटाइएको घोषणा गरेका थिए  । चार जनाको मात्र नाम लिएपछि प्रधानमन्त्रीलाई केही सदस्यले झाँक्रीको नाम पुनः सम्झाएका थिए । त्यहि क्रममा उनले तिनको (झाँक्री) वेट पुगेको छैन भनेर चारजनाको मात्र नाम लिएको  बताइन्छ ।

    अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भने स्पस्टिकरण नसोध्ने मुडमा प्रधानमन्त्री रहेको  स्रोतले दाबी गरेको छ । नेपालसँग भने ओली पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग मिलेर आफूलाई साधारण सदस्यबाट हटाइएको घोषणा गरेकोमा ‘क्षुब्ध’ भएको बताइन्छ ।

    प्रधानमन्त्रीले विभिन्न नेतासँगको छुट्टाछुट्टै भेटमा व्यक्त गर्नुभएका भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘एमाले भएर प्रचण्डसँग मिली मलाई साधारण सदस्यबाट हटाएको घोषणा गर्ने अरु कोही होइन, माधव नेपाल हो, बुझिराख्नुहोस् ।’

    ‘यदि २३ गते हामीलाई सजिलो पार्नेगरी अदालतको त्यो फैसला नआएको र निर्वाचन आयोगले आधिकारिकता माधव–प्रचण्डलाई दिएको भए हामी आज नेपालझैँ सडकमा हुन्थ्यौं । त्यो हैसियत र हालतमा पुर्याउन खोजिएकै हो । भलै हामीले उनलाई कारबाही गरेको भनेका छैनौं’ प्रधानमन्त्रीले आफ्ना निकटहरूसँग व्यक्त गरेको  पछिल्लो धारणा हो यो ।

    ‘अब आइन्दा यस्तो नगर्ने’ भनेर लिखित आत्मालोचना गरेको अवस्थामा मात्र नेपाललगायतका चार जनालाई पार्टी प्रवेश गराउने मुडमा प्रधानमन्त्री रहेको बालुवाटार स्रोतले बताएको छ ।

    माधव मात्रै होइन, अरु कुनैपनि समूहको नाममा पार्टीभित्र देखिने उपसमूहलाई छुट नदिइने अध्यक्ष ओलीको धारणा रहेको छ । ‘बरु जे पर्छ,त्यो सहिन्छ’ भन्ने आशयले अघि बढेको ओली  निकट एकजना स्थायी समिति सदस्यलाई उल्लेख गर्दै स्रोतले भनेको छ ।

    नेपाल निकट चितवनका एमाले सांसद कृष्णभक्त पोखरेलले भने हिजोको बैठकमा कोमल ओलीको पछिल्तिर बसेर मबाट गल्ती भो नै भनेका थिए । त्यसैगरी माया ज्ञवाली र गोपाल बम पनि बैठकमा उपस्थित थिए । माओवादी केन्द्रबाट हालै एमाले प्रवेश गरेका रामबहादुर थापा बादललगायतका नेताहरू भने बैठकमा खासै बोलेनन् । बैठकले समानुपातिक सांसद हटाउने सम्पूर्ण अधिकार पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रदान गरेको छ ।

    विधान संशोधन गरी संसदीय दलको सदस्यले पार्टी वा संसदीय दललाई तत्काल हानी नोक्सानी पुर्याउने सम्भावना देखिएमा तत्काल छ महिनाको लागि निलम्बन गर्ने अधिकार समेत ओलीलाई दिइएको छ । त्यसपछि बस्ने बोर्ड वा संसदीय दलको पहिलो बैठकमा अनुमोदनको लागि प्रस्ताव गर्ने ब्यवस्था दलको विधानमा थप गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ८ २०७७ आइतवार - १२:५७:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij