२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा हिमालयन बैंक लिमिटेडले करिब २ अर्ब रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको मुनाफामा सुधार देखिएको हो । गत आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा यस बैंकले १ अर्ब ७३ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा बैंकको यस्तो नाफा १२.०४ प्रतिशतले बढेर १ अर्ब ९४ करोड ८१ लाख रुपैयाँ पुगेको हो ।
यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी समेत २९.२९ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफा ३९।३१ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त नाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ, खराब कर्जा २५ प्रतिशतले बढेर १९ अर्ब १५ करोड रुपैयाँ, खराब कर्जा ४.५६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत र वितरणयोग्य नाफा ५ अर्ब २४ करोड २४ लाख रुपैयाँ रहेको छ ।
यता, कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५ पैसाले घटेर ११ रुपैयाँ ९९ पैसा र प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij