२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रतिनिधि सभालाई सरकारले बिजनेस नदिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै खाँणले यस्तो बताएका हुन् । उनले सरकारको पक्षबाट एसिड र बलात्कार जस्ता हिंसासम्बन्धी अध्यादेशमा सहयोग नभएको भन्ने विषयमा पनि प्रश्न उठाउँदै कांग्रेस यस्ता विषयमा सहयोग गर्न तयार रहेको बताए ।
‘अदालतले प्रतिनिधि सभालाई पनःस्थापित गरेको छ । यसलाई रचनात्मक रुपमा अगाडि बढाऔं । तर सरकारले बिजनेस नै दिँदैन,’ उनले भने, ‘एसिड र बलात्कारका हिंसासम्बन्धी अध्यादेशमा सहयोग गर्न कांग्रेस तयारै छ ।' उनले वर्तमान सरकारले शान्ति प्रक्रियालाई ध्वस्त पार्न लागेको भन्दै आपत्ति जनाए । ‘शान्ति प्रक्रियामा कांग्रेसको साथ छ । हामीले नै गरेको हो । शान्ति प्रक्रियालाई अहिले केहीले ध्वस्त पार्न लाग्नु भएको छ । पूरानो फोटो हेरे थाहा भइहाल्छ कसको अनुहार मलिनो थियो । पहिले मलिनो अनुहार बनाएकाहरु अहिले ध्वस्त पार्न लाग्नु भएको छ’ उनले भने ।
उनले कोरोना भ्याक्सिन सबै नागरिकले कहिले लगाउन पाउँछन् भन्दै प्रधानमन्त्री ओलीलाई खाँणले संसद्बाट प्रश्न गरे । ‘१७ लाखले भ्याक्सिन लगाएका छन् । प्रधानमन्त्रीलाई धन्यवाद । तर, अब तीन महिनामा सबै नागरिकलाई भ्याक्सिन लगाइने भन्नु भएको थियो । ९ महिना भइसक्यो,’ उनले प्रश्न गर्दै भने, ‘कुन तीन महिना ? कुन सालको तीन महिना । वर्षै नभएको तीन महिना हो कि ? उपहार दिएको भ्याक्सिन ल्याउन सकेको छैन । सरकारले सबैलाई भ्याक्सिन लगाउने प्रबन्ध गरोस् ।’
उनले श्रमिकलाई रोजगारी, किसानको उत्पादनलाई बजार, नीजि क्षेत्रको समस्या समाधानको उपाए, पर्यटन क्षेत्रको समस्या, कुनै पनि क्षेत्रलाई सरकारले राहतको प्याकेज नल्याएको भन्दै आपत्ति पनि जनाए । ‘सरकारको हालत के छ भने ऋण लिएर घ्यू खाने । यति ऋण नेपालीको टाउकोमा कहिल्यै थिएन,’ उनले भने, ‘अहिले ऋण लिऔं । अब रहने हो कि होइन । अहिले लिएर घ्यू खाऔं । पछि अर्कोले तिरोस् भन्ने हो कि रु चालु खर्च बढ्या बढ्यै छ । पूजीगत खर्च बढेको बढ्यै छ । पूजीगत खर्च घटेको घट्यै छ भने विकास कसरी भयो रु’ मेलम्ची खानेपानी आयोजना काठमाडौँ आएको प्रति प्रधानमन्त्रीलाई धन्यावाद दिँदै खाँणले यसको सपना देख्ने किसुनजीलाई धन्यावाद दिन सरकारले कन्जुस्याईँ गरेको बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij