Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रतिनिधिसभा बैठक

प्रतिनिधि सभाको बैठक बस्दै, यी ३ मन्त्रीले जवाफ दिने

प्रतिनिधि सभाको बैठक बस्दै, यी ३ मन्त्रीले जवाफ दिने


  • 2.5K
    Shares

    प्रतिनिधि सभाको बैठक बस्दै, यी ३ मन्त्रीले जवाफ दिने

    काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (मंगलबार)  बस्दैछ।

    बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।

    आजको बैठकमा तीनजना मन्त्रीले सांसदहरुका प्रश्नको जबाफ दिने सम्भावित कार्यसूची तय भएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

    आज वन तथा वातावरणमन्त्री नवलकिशोर साह, पर्यटनमन्त्री हितबहादुर तामाङ र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्बन्धित मन्त्रालयको विषयमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

    त्यसैगरी आजको संस्द बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक बडापत्रसम्बन्धी प्रस्ताव  प्रस्तुत गर्ने कार्यसूची पनि छ। 

    त्यस्तै कानुनमन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धि विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि तय भएको छ। 

    प्रकाशित मिति :चैत्र २० २०८० मंगलवार - ०६:५०:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij