२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा गरेका छन्। उनले महान्यायाधिवक्ता कार्यालयमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी सोबारे जानकारी दिने तयारी गरेका छन्।
खरेलले शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटी राजीनामा बुझाएको स्रोतले जानकारी दियो। उनले नेपालको संविधानको धारा १५७ को उपधारा (४) को खण्ड (क) बमोजिम राजीनामा दिएको उल्लेख गरेको पनि स्रोतले जनाएको छ।
कार्यकाल सम्हालेको तीन वर्षपछि उनले राजीनामा दिएका हुन्। खरेल दुवै संविधानसभाका सदस्य थिए। पूर्व कानूनमन्त्री खरेल एमाले संसदीय दलका पूर्व मुख्य सचेतक हुन्।
वरिष्ठ अधिवक्ता खरेल झापाको गौरादह-३, का स्थायी बासिन्दा हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा दिनुपर्ने सवैधानिक व्यवस्था छ। उनी एमालेबाट आगामी संसदीय चुनाव लड्ने सोचमा रहेको र त्यसैको वातावरण तयार पार्न प्रधानमन्त्रीसँग सल्लाह गरी राजीनामा दिएको उनीनिकट स्रोतले जनाएको छ। र उनी ओलीको उत्तराधिकारी बन्ने दाउमा छन्।
२०७४ साल फागुन ८ गते मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम अग्नि प्रसाद खरेल नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij