Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माधवलाई खोपीको देउता बनाएर पार्टी एक राख्न को-को छन् सक्रिय, यस्तो छ भागबन्डाको प्रस्ताव 

माधवलाई खोपीको देउता बनाएर पार्टी एक राख्न को-को छन् सक्रिय, यस्तो छ भागबन्डाको प्रस्ताव 


  • 7.4K
    Shares

    माधवलाई खोपीको देउता बनाएर पार्टी एक राख्न को-को छन् सक्रिय, यस्तो छ भागबन्डाको प्रस्ताव 

    काठमाडौं । नेकपा एमालेभित्र एकता जोगाउन दोस्रो तहका नेताहरु विभिन्न सूत्रसहित सक्रिय भएका छन् । नेकपा छिन्नभिन्न भइसकेको अवस्थामा अब एमाले पनि छिन्नभिन्न हुनसक्ने भन्दै दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् ।

    विश्वस्त स्रोतका अनुसार एमालेभित्र ६०(४० को भागवण्डा गरेर एकता जोगाउने सुत्रसहित दोस्रो तहका नेताहरु सक्रिय भएका हुन् । उनीहरुले शिर्ष नेताहरुलाई भेटेर यसबारे कुरा राखिसकेका छन् ।

    एमालेको नेतृत्व तह देखि जिल्ला र स्थानीय तहसम्म केपी शर्मा ओली समूहले ६० र माधवकुमार नेपाल समूहले ४० प्रतिशत भागवण्डा गरेर ६ महिनाभित्र महाधिवेशन गर्ने गरी सहमति निकाल्ने प्रयासहरु भएका छन् । अहिले एमालेको केन्द्रीय समितिमा ओलीको बहुमत छ । २८ फागुनमा उनले स्थायी कमिटीको पद खारेज गरिसकेका छन् । पदाधिकारीमा अध्यक्ष र महासचिवसहित सबै पद खारेज गरिदिएका छन् ।

    अहिले एमालेभित्र सत्ता जोगाउनेबारे समेत गृहकार्य भइरहेको छ । एमाले एकतावद्ध भएमा अन्य दलको समिकरण बन्ने सम्भावना कमजोर हुने निष्कर्ष समेत दोस्रो तहका नेताहरुले निकालेका छन् । त्यस्तो अवस्थामा जनता समाजवादी पार्टीसँग पनि सहकार्य गर्न सकिने उनीहरुको बुझाई रहेको छ ।

    यसैगरी, एउटा पक्ष माओवादी केन्द्रसँगै सहकार्यका लागि सक्रिय भएको छ । त्यसका लागि ओलीको विकल्पमा एमालेकै अर्का नेतालाई अगाडि बढाउने अभ्यास भइरहेको हो । तर, ओलीले सत्ता छाड्ने सम्भावना कमजोर छ ।

    प्रकाशित मिति :चैत्र ६ २०७७ शुक्रवार - १२:३३:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij