२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेकपा एमालेमा पछिल्लो समय दुइपक्षबीच विवाद बढेको छ । दुई पक्षबीच विवाद बढ्दै गर्दा नेता एक पक्षबाट अर्कोमा लाग्ने क्रम बढीरहेको छ ।
यस्तै लुम्बिनी प्रदेशमा केपी ओली पक्षधर दुई प्रदेश सांसदहरु माधव-झलनाथ समूहमा लागेका छन् ।
प्रदेश सांसद विष्णु पन्थी र रमा घर्ती माधव नेपाल–झलनाथ खनाल समूहमा लागेका हुन् । नेपाल पक्षले गरेको राष्ट्रिय भेलामा यी दुवै प्रदेश सांसदहरु सहभागी उपस्थित थिए ।
यसले लुम्बिनीका मुख्यसचिव शंकर पोखरेललाई समेत धक्का लागेको देखिन्छ । प्रदेशमा ८७ सांसद छन्,जसमा एमालेका मात्रै ४१ सांसद छन् ।
बहुमतमा टिकिरहन मुख्यमन्त्री पोखरेललाई कम्तिमा ४४ सांसदको आवश्यक पर्छ । माओवादीले अहिलेसम्म पोखरेललाई दिएको समर्थन फिर्ता लिएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij