Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ओली प्रमुख रहेको एमालेको संसदीय बोर्डमा माधव र झलनाथ पनि सदस्य, यी हुन् अरु २७ सदस्य 

ओली प्रमुख रहेको एमालेको संसदीय बोर्डमा माधव र झलनाथ पनि सदस्य, यी हुन् अरु २७ सदस्य 


  • 14.4K
    Shares

    ओली प्रमुख रहेको एमालेको संसदीय बोर्डमा माधव र झलनाथ पनि सदस्य, यी हुन् अरु २७ सदस्य 

    काठमाडौं । नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनीत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

    बोर्डको प्रमुखमा दलका नेता ओली छन् । सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन् । त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।

    बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेको सांसद महेश बस्नेतले नेपाल जानकारी दिए ।

    प्रकाशित मिति :चैत्र ५ २०७७ बिहिवार - १३:४३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij